देशभर पश्चिमी वायुको आंशिक प्रभाव : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस
काठमाण्डौ – आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई/मधेशमा केही ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ ।
हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहान/बेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















