कपिलबस्तु, पुस २९ गते । आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं २०६५ सालमा स्थापना भई हाल १६ वर्ष पूरा गरि १७ औं वर्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले संस्था निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढ्दै गएको संस्थालाई शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा न. ३ का वडा अध्यक्ष प्रकाश गैरेले यो संस्थाले स्थापना कालदेखी सेवाग्राही तथा शेयर सदस्यहरुको विश्वास जित्दै आएका बताउनुभयो ।

यसैगरि यस संस्थाका सचिव मोहन शुक्लाले यो संस्थाको मुख्य उदेश्य आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै रहेको बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागि यो संस्थाले काम गरिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा कपिलबस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद अर्यालले आज बचत गरेको पैसा भोली काममा आउने उहाँले बताउनुभयो ।

संस्थाको कोषाध्यक्ष मुकेश कुमार श्रीवास्तवले ४९ लाख ६९ हजार १२१ रुपैया आय व्याय प्रस्तुत गर्नु भएको थियो । यस संस्थामा आर्थिक वर्ष ०८१÷०८२ को तथ्याङ्क कुल २ हजार ७ सय ३१ जना बचतकर्ता रहेका छन् । संस्थाले करिब ५ करोड ७३ लाखको करोबर गरेको छ । संस्थाले गत आर्थिक बर्ष १ लाख ३ हजार ४ सय नाफा गरेको संस्थाका प्रबन्धक सुभम श्रेष्ठले बताउनुभयो ।  संस्थाका सचिव शुक्लाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सदस्य अनिल कुमार क्षेत्रीले गर्नु भएको थियो ।