काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।
मंगलबार बिहान ११ बजेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर बुधवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















