सशस्त्र प्रहरीको “पूर्व–पश्चिम झण्डा मार्च” अभियानको टोली कपिलवस्तुमा
तौलिहवा(कपिलबस्तु), माघ १ गते । २५ औं सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा संचालन गरिएको “पूर्व–पश्चिम झण्डा मार्च” कार्यक्रम अन्र्तगत सशस्त्रको टोली कपिलवस्तु आई पुगेको छ । सशस्त्रको टोली कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ५ स्थित ठकुरापुरमा रहेको सिमा स्तम्भ नम्बर ५७८।४ मा पुगेको हो ।
सशस्त्र प्रहरी वल नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङका गणपति सशस्त्र प्रहरी उपरिक्षक मनोज धितालले स.प्र.बल नेपाल नं.२८ गण हे.क्वा. कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरिक्षक. नेत्र के.सी. को टोलीलोई पूर्व पश्चिम झण्डा मार्च बुझ–बुझारथ गरेका थिए ।
सशस्त्र प्रहरीको ३५ जनाको टोलीले कपिलवस्तुका सिमा नाकामा पैदल यात्रा गर्दै झण्डा मार्च सुरु सूरु गरेका थिए । टोलील सिमा नाका कृष्ण्नगर भिल्मी हदौना, मर्यादपुर चाकरचौडा हुदै शुद्धोधन गाउपालिको घिराउजोतमा झण्डा बुझाउने छ । सशस्त्र प्रहरी उपरिक्षक केसीले पूर्व पश्चिम झण्डा मार्च घेराउजोतमा सशस्त्रको रुपेन्देही टोलीलाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।
गत पुस २० गते देखि पुर्वको ईलाम र सुदुर पश्चिमको गड्डा चौकीबाट सो अभियान सुरु भएको थियो । माघ ७ गते पर्सामा अभियान समापन हुने उहाँको भनाई छ । अभियानको क्रमममा सिमा स्तम्भको अवस्था सहीत सिमाबासीमा सशस्त्र प्रहरीको बिश्वास जगाउन अभियान चलाइएको उहाँले बताउनुभयो । उहाँले सिमा नाकामा टोली पैदल मार्च पास गरी हिडने छ ।



















