यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टी कपिलबस्तु ३ वटै क्षेत्रका उम्मेदवार
कपिलबस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलबस्तुले ३ वटै क्षेत्रका उम्मेदवार टुंगाएको छ । कपिलबस्तु क्षेत्र नंं १ मा मोहन आचार्य, क्षेत्र नं. २ मा विक्रम सिंह थापा र क्षेत्र नं. ३ मा प्रकाश रजौरियालाई उम्मेदवार बनाएको रास्वपा नेता आनन्द यादवले बताउनुभयो ।
क्षेत्र नंं ३ का रजौरिया राप्रपा छोडेर रास्वपा आएका हुन् भने थापा नेपाली कांग्रेस छोडेर रास्वपा प्रबेश गरेका हुन् ।
२०७९ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा रजौरिया राप्रपाबाट संसादका उम्मेदवार रहेका थिए । त्यस्तै थापा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















