परेन कपिलबस्तुमा उम्मेदवारको विरोधमा उजुरी
कपिलबस्तु, माघ ७ गते । जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारको विरोधमा कुनै पनि उजुरी परेको छैन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी नपरेको जनाएको छ ।
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्बाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन् ।
मुख्य निर्बाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ मा उम्मेदवारी दिएकाहरूविरुद्ध उजुरी नपरेको हो ।
आयोगले सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि बुधबार बिहान १० देखि ३ बजेसम्म समय निर्धारण गरेकोमा उक्त समयमा कसैले पनि उजुरबाजुर नगरेका जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताउनुभयो ।
कुल ३ लाख ९६ हजार २६५ मतदाता रहेको कपिलबस्तुमा रजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।



















