लुम्बिनी सांस्कृतिक नगरपालिका १२ मा एकदिने स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न
सुकई कोहार
लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ स्थित आमा गाँउमा एकदिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा एक दर्जन बढीले स्वास्थ्य चेक जाँच गराएका थिए ।
उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण भन्ने नारासहित उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) दिवस २०२६ को अवसरमा आयोजित उक्त कार्यक्रम स्वयं–हेरचाह समूहमा केन्द्रित रहेको थियो।
कार्यक्रम फेयरमेड नेपाल तथा इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा आमा स्वास्थ्यचौकीको आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रममा संस्थाका सुपरभाइजर ए।डी। खानले कुस्ठरोगका लक्षण, पहिचान र समयमै उपचारको महत्वबारे जानकारी गराउनुका साथै हातीपाइले ९फाइलेरियासिस० रोगबाट बच्ने उपायहरूबारे सहभागिहरूलाई सचेत गराउनुभयो।
स्वास्थ्य सचेतनामूलक उक्त कार्यक्रममा स्थानीय गरी ४० जना महिला तथा पुरुषको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले उपेक्षित रोगप्रति समुदायमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।



















