नेपाली काँग्रेस कपिलवस्तुको भातृ संस्था तथा सुभेच्छुक संस्था परिचालन समितीले तिनै र्निाचन क्षेत्रमा सहसंयोजक चयन गरेको छ ।

समितिका संयोजक प्रकाश घिमिरेको नेतृत्वमा बिपी स्मृती भवन तौलिहवामा सम्पन्न बैठकले क्षेत्र नम्बर १ मा पदमप्रताप सेन, क्षेत्र नम्बर २ मा बालगोबिन्द त्रिपाठी र क्षेत्र नम्बर ३ मा अमर पौडेललाई सहसंयोजकको जिम्मेवारीमा चयन गरेको हो ।

त्यसै गरि बैठकले सबै भातृ र शुभेच्छुक संस्थाको क्षेत्रगत भेला सम्बन्धित निर्वाचन क्षेत्रमा गर्ने निर्णय समेत गरेको छ । क्षेत्र नम्बर १ अन्र्तगत माघ २१ गते बुधबार बिपी स्मृती भवन गजेहडा, क्षेत्र नम्बर २ को माघ २४ गते शनिवार तौलिहवा स्थित बिपी स्मृती भवन र क्षेत्र नम्बर ३ को माघ २२ गते कृष्णनगरमा भेला गर्ने निर्णय गरिएको भातृ संस्था तथा सुभेच्छुक संस्था परिचालन समिती संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

बिपीस्मृती भवन तौलिहवामा सम्पन्न बैठकमा नेपाली काँग्रेस पार्टीका भातृ र शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।