आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता रहेका छन ।
जिल्ला निर्बाचन कार्यालय कपिलवस्तुले जारी गरेको प्रारंभिक बिवरण अनुसार यसमा केही थपिन सक्ने जनाइएको छ ।
समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको जिल्ला निर्बाचन कार्यालयका प्रबक्ता निश्चल मोक्तानले बताए ।
केही दिन पछि अस्थायी मतदाताको संख्या यकीन हुने उनले बताए ।