एमाले नेता चौधरीको राजीनामा
कपिलवस्तु, फागुन ५ गते । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक बजरंगी प्रसाद चौधरीले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ।
चौधरीले देशको वर्तमान राजनीतिक अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै परिवर्तनका लागि (Gen Z) युवाहरूले थालेको आन्दोलनलाई आत्मसात् गर्दै पार्टीका सबै पदबाट आजैका मितिदेखि राजीनामा दिएको जनाउनुभएको छ।
उहाँ २०८२ सालको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएको थियो। साथै मायादेवी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका चौधरीको राजीनामालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















