प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
लुम्बिनी, फागुन ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको छ ।
निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आउनुभएको हो ।
प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















