कपिलवस्तु । नेपाली कांग्रेस कपिलबस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले निर्वाचन अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ।

उहाँले विभिन्न वडा तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको आग्रह गरिरहनुभएको छ। घरदैलो अभियानका क्रममा स्थानीयवासीले सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा ध्यानाकर्षण गराएका छन्।

उम्मेदवार शाहले जनताका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै विकास निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्यमान्यता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको नेपाली कांग्रेसले जनाएको छ। अभियानलाई आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा अघि बढाइने बताइएको छ।