मधेसी, मुस्लिम तथा अल्पसंख्यक महिला–युवतीलाई मतदान शिक्षा र नमुना मतदान
कपिलवस्तु । फागुन २१ हुने प्रतिनिधि सभाको निर्बाचनलाई लक्षित गरी कपिलवस्तुमा मधेसी, मुस्लिम तथा अल्पसंख्यक महिला–युवतीलाइ मतदाता शिक्षा सहीत नमुना मतदान गराइएको छ ।
कपिलवस्तुको तौलिहवामा उनीहरुलाई मतदाता शिक्षा कैक्रममा नमुना मतदानमा सरिक गराइएको हो । मतदाता शिक्ष र नमुना मतदानमा मधेसी, मुस्लिम, हिंसा पीडित, अल्पसंख्यक महिला तथा युवती गरी ५५ जना सहभागी थिए ।
त्यस मध्ये ४ जनाको मत भने बदर भएको आयोजक साथी संस्था कपिलवस्तुककी प्रमुख तथा सहजकर्ता बिमला घिमिरेले बताईन । मतपत्रमा दुई ठाउमा टिक लगाएको, औठा छापले मत पत्रमा छाप लगाएको पाइएको उनले बताईन । यो नतिजाले पनि पहिलो पटक मतदान गर्नेहरुलाई मतदाता शिक्षा सिकाउन जरुरी देखिएको उनले बताईन ।
महिला, कानून र विकास मञ्चको सहयोगमा कार्यक्रम गरिएको हो । नमुना मतदान अघि सहभागीहरुलाई मतपत्रसम्बन्धी जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा मतदान गर्न जाँदा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी गराइएको थियो ।
सहभागीहरू उम्मेदवार चयन गरी मतदान गर्न तथा मतपेटिकामा मतपत्र राख्न सिकेका थिए । कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडा अध्यक्ष जाहिद खानले मतदाता शिक्षा कार्यक्रमल प्रभावकारी बताए ।
कार्यक्रममा बिमला घिमिरे र सुस्मा गुराँगाईले सहजीकरण गरेका थिए । कपिलवस्तुमा मतदाता शिक्षाकालागि ९६ जना महिला स्वयमसेविका खटिएका छन । फागुन ३ देखि १७ गते सम्म मतदाता शिक्षाकालागि उनीहरु गाउ बस्तीमा खटिएका हुन । प्रतिनिधि सभाको निर्बाचनमा प्रत्यक्ष र समानुपातिक गरी २ वटा मत पत्र रहेनछ ।
प्रत्यक्ष तर्फको सेतो रंगको मतपत्रमा चुनाव चिन्ह भने रातो रंगको तथा समानुपातिक तर्फकामो सेतो रंगको मतपत्रमा कालो रंगको चुनाव चिन्ह रहनेछ ।



















