कपिलबस्तु, फागनु २५ गते । प्रतिनिधि सभा २०८२ को निर्बाचनमा कपिलवस्तुमा समानुपतिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख बढी मत पाएको छ । ३ वटै निर्बाचन अधिकृतको कार्यालयले जारी गरेको मत परिणाम अनुसार सबै भन्दा बढी मत पाउने दल रास्वपा बनेको हो ।
रास्वपाले जिल्लामा प्रत्यक्ष तर्फ ३ मध्ये २ मा जितेको छ । ३ वटै निर्बाचनमा रास्वपाले १ लाख ५४९ मत पाएको छ । रास्वपाले निर्बाचन क्षेत्र नम्बर १ मा ४३ हजार २५२ मत क्षेत्र नम्बर २ मा ३१ हजार १२७ र क्षेत्र नम्बर ३ मा २६ हजार १७० मत पाएका छ । यस्तै कांग्रेसले ४६ हजार ३९१ मत पाएर दोश्रो भएको छ ।
क्षेत्र नम्बर १ मा कांग्रेसले १३ हजार १८७, क्षेत्र नम्बर २ मा १९ हजार १३४ र क्षेत्र नम्बर ३ मा १४ हजार ७० मत पाएका छ । यस्तै एमालेले २५ हजार ६२० मत पाई तेश्रो भएको छ । एमालेले क्षेत्र नम्बर १ मा ७ हजार ६२१, क्षेत्र नम्बर २ मा ८ हजार ८४९ र क्षेत्र नम्बर ३ मा ११ हजार १५० मत पाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीले २२ हजार ६३ मत पाएको छ ।
नेकपाले क्षेत्र नम्बर १ मा ४ हजार ५, क्षेत्र नम्बर २ मा १४ हजार ३३८ र क्षेत्र नम्बर ३ मा ३ हजार ७२० मत पाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ९८३ मत पाएको छ । राप्रापले क्षेत्र नम्बर १ मा ५ हजार ८४२, क्षेत्र नम्बर २ मा ५ हजार ७८७ क्षेत्र नम्बर ३ मा ६ हजार ३५ मत पाएको छ । क्षेत्र नम्बर १ मा कुल ९२ हजार २ सय ७६ मत खसेकोमा ४ हजार ८८२ मत बदर भएको थियो । यस्तै क्षेत्र नम्बर २ मा ८१ हजार ४६६ मत खसेकोमा ३ हजार ४१० मत बदर भएको थियो ।
यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ८८४ मत खसेकोमा ४ हजार ३९१ मत बदर भएको थियो । प्रत्यक्ष तर्फ भने क्षेत्र नम्बर १ मा रास्वपाका मोहन आचार्य, क्षेत्र नम्बर २ मा सोही पार्टीका बिक्रम सिंह थापा र क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाहले जितेका छन ।
रास्वपाका उम्मेदवार भन्दा बढी मत समानुपातिकमा
कपिलवस्तुमा रास्वपाका ३ वटै उम्मेदवार भन्दा बढी मत समानुपातिकमा आएको छ । क्षेत्र नम्बर १ मा मोहन आचार्यले ३४ हजार १४८ मत पाएका छन । यस्तै क्षेत्र नम्बर २ मा बिक्रम सिंह थापाले ३७ हजार ६३५ मत पाएका छन ।
यस्तै क्षेत्र नम्बर ३ मा प्रकाश रजौरियाले १८ हजार ५८० मत पाएका छन । रास्वपाले निर्बाचन क्षेत्र नम्बर १ मा ४३ हजार २५२ मत क्षेत्र नम्बर २ मा ३१ हजार १२७ र क्षेत्र नम्बर ३ मा २६ हजार १७० मत पाएका छ ।