काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्ड गग्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा एरेनालाई नियुक्त गरेको जनाएको छ।

एरेनाको सम्झौता १ मार्चदेखि २०२७ फेब्रुअरी अन्तिमसम्म हुनेछ। एरेना यसअघि लाओसको यू-२३ टोलीको केयरटेकरको भूमिकामा थिए। नेपालको मुख्य प्रशिक्षकका लागि ७ सयभन्दा बढीले आवेदन दिएका थिए। त्यसमध्ये उनी छनोट भएका हुन्।

 

एक वर्षको सम्झौता भए पनि आर्थिक पक्ष भने आपसी सहमतिमा निर्धारण गरिएको एन्फाले जनाएको हो। मुख्य प्रशिक्षक एरेनालाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका छन्।

एरेनाको प्रशिक्षणमा नेपाली टोलीले पहिलो खेल हङकङविरुद्ध खेल्नेछ। यो खेल मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।