कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कपिलवस्तु नगरपालिका–२ स्थित बुद्ध पद्म स्कुलको खेलमैदानमा प्रतियोगिता औपचारिक रूपमा सुरु गरिएको हो।

प्रतियोगिताको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, जिल्ला समन्वय प्रमुख बावुराम आचार्य, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, प्रहरी उपरीक्षक सन्तोष आचार्य तथा विभिन्न वडाका अध्यक्षहरूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए।

नगरस्तरीय प्रतियोगितामा एथलेटिक्स, भलिबल, दौड, हाइजम्प, लङजम्प लगायतका विभिन्न खेल समावेश गरिएको छ। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा नगरपालिकाभित्रका १८ विद्यालयका विद्यार्थीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता चैत १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक पदमराज श्रेष्ठले जानकारी दिए।