नेपालमा सक्रिय कोभिड–१९ संक्रमित कहाँ कति ? 

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनायता कोभिड–१९ को संक्रमण निरन्तर घटिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २३ गतेसम्म नेपालमा कुल आठ लाख १५ हजार ३७२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सात लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोनका कारण ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।

कात्तिक २३ गतेको तथ्यांकानुसार हाल देशभर सात हजार ६१२ जना सक्रिय संक्रमित छन् । तीमध्ये सात हजार ७७ जना होम आइसोलेसनमा, ५३५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै, १९९ जना आईसीयू तथा ५५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या कुन प्रदेशमा कति ?
प्रदेश नम्बर–१  : एक हजार १२६
प्रदेश नम्बर–२  : ७६३
वाग्मती प्रदेश  : दुई हजार ६४१
गण्डकी प्रदेश : एक हजार ३२०
लुम्बिनी प्रदेश  : एक हजार २३०
कर्णाली प्रदेश : २२५
सुदूरपश्चिम प्रदेश : ५६१

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र अहिले एक हजार ५०९ सक्रिय स्रंक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । उपत्यकाका काठमाडौं र ललितपुर संक्रमितको संख्याका आधारमा अझै ‘रोड जोन’मा छन् । यी जिल्लामा क्रमशः ५०८ र ५१० जना सक्रिय संक्रमित छन् ।

काठमाडौंका ११ वटा सरकारी अस्पतालमा मात्रै २०८ जना कोरोना संक्रमित उपचाररत रहेको र तीमध्ये ५१ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । अहिले मुगु र हुम्ला ‘कोभिड फ्री’ जिल्ला हुन् ।

प्रतिक्रिया
संबन्धित समाचार