काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौबाट उत्तरतिर हिमालहरु पनि देखिन थालेका छन् । अहिले पारिलो घाम लागे पनि दिउँसो र राति भने पानी पर्ने सम्भावना रहेको माैसम पूवार्नुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव केही कमजोर र स्थानीय वायुको आँशिक प्रभाव रहेको छ ।
















