काठमाण्डौबाट धनगढीतर्फ जादै गरेको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पाँच घाइते

कपिलबस्तुको बनकसबासामा भएको बस दुर्घटना । तस्विरः सौजन्य कपिलबस्तु ट्राफिक ।

तौलिहवा(कपिलबस्तु), कात्तिक १३ गते । जिल्लाको शिवराज नगरपालिका १ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक सन्तोष घिमिरेका अनुसार बुधबार राति करिब २ः०० बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको बताउनुभयो । बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको उहाँको भनाई छ ।
दुर्घटनामा करिब ५०÷५५ वर्ष उमेरका पहाडी मूलका देखिने एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरिक्षक घिमिरेले बताउनुभयो । उहाँलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको र चिकित्सकले बिहान करिब तिन बजे मृत घोषणा गरेका हो ।
बसमा सवार पाँचजना घाइते यात्रुको सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ को ४३ वर्षिय जग्गुराम दगौरा, काठमाण्डौका. बुढानिलकण्ठ नगरपालिका ६ का ४५ वर्षिय टेकेन्द्र खत्री, कञ्चनपुर भिमदत्त नगरपालिका १० का २४ वर्षिय भरत नाथ, कञ्चनपुर लालघारी गाउँपालिका १ का ३६ वर्षिय भिम बहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका ४ की १४ वर्षिय रितु लोहार रहेको प्रहरीले जनाएको छ ।
बसमा अन्दाजी ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
संबन्धित समाचार