कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ५ चौरीमा संपन्न निःशुल्क आखाँ शिबिरमा ९ सय २३ को आखा जाच गरी १ सय ५ जनाको मोतियाबिन्दु अप्रशेन गरिएको छ ।
बुद्धभुमी नगरपालिकाको आयोजना तथा छन्दकाले बाबु आखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोगमा २ दिने शिबिर संपन्न गरिएको हो । शिबिरमा ९ सय २३ जनाको आँखाको जाच गरी फेला पारेका मोतिया बिन्दुका बिरामीको निःशुल्क अप्रशेन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णुदेब खनालले बताए ।
शिबिरमा १ सय ५५ जनालाई निःशुल्क चश्मा समेत बिरतण गरिएको थियो । सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।
उनले गरीब र बिपन्नलाई लक्षित गरी वडा वडामा आँखा शिबिर संचालन गरिएको बताए । शिबिरले आखाका रोगहिरुले घरदैलौ मै सेवा पाएर लावांबति भएको बताए ।
मोतिया बिन्दुको अप्रेशन पछि बृद्धबृद्धाहरुले आफुहरुले नया जीवन पाएको अनुभुति भएको भन्दै हार्षित बनेका छन ।
















