लुम्बिनी समय । समाचारदाता
कपिलबस्तु, मंसिर १७ गते । कपिलबस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुरमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । उक्त दिवस यु एम एन र अस्टे«लियन एडको आर्थिक सहयोग, यशोधरा गाँउपालिकाको समन्वय एवम् दलित सामाजिक विकास केन्द्रको आयोजनामा मनाइएको हो ।
दिवसको अवसरमा अपाङ्गता सम्बन्धि सचेतना ¥याली निकालिएको थियो । बसन्तपुर विद्यालयबाट सुरु भएको ¥याली बसन्तपुर वडाकार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्याले अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाबाट विभिन्न सहयोग प्रदान गर्दै अएको बताउनुभयो । दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत हुने उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको समान अवसर र सम्मान सुनिश्चित गर्न सबै सरोकारवालाहरुलाई सहयोग पु¥याउन आह्वान समेत गर्नुभएको छ ।
उपाध्यक्ष मौर्याले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । अपाङ्गता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उहाँको भनाई छ ।
कार्यक्रममा यशोधरा गाँउपालिका वडा नं. ३ की अध्यक्ष सरीता त्रिपाठीले अपाङ्गता भएका व्यक्तिहरुलाई वडाबाट दिने सबै सेवा दिईदै आएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
यशोधरा गाँउपालिकाका समाजिक विकास समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष अब्दुल कयूम मुसलमानले अपाङ्गता भएकाहरुलाई आएको समस्याको समाधान तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै व्यक्तीहरुले आ आफ्नो हक अधिकार पाउनु पर्ने बताउनुभयो । समाजमा हुने कुनै पनि हिंसालाई निरुत्साहित गर्नु पर्ने वडाध्यक्ष मुसलमानले बताउनुभयो ।
कृष्ण धार्मिक विद्यालय बसन्तपुरका प्रधानाध्यापक बृहस्पती पाण्डेयले अपाङ्गता भएकाहरुसंग राम्रो व्यवहार गर्नु पर्ने बताउनुभयो । संविधानमा दिएको अधिकारलाई कसैले बञ्चित गर्न नसक्ने उहाँले बताउनुभयो ।
सो अवसरमा जीवन सुधार परियोजनका अधिकृत रमेश कुर्मीले विभिन्न माग सहितको आवधारण पत्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुसंग गरिने व्यवहार लगायतको विषयमा सडक नाटक तथा गितको माध्यमबाट चित्रण गरिएको थियो । साथै ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसारमा समुदायमा उदाहरणीय काम गरेका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
केन्द्रका सचिव रोहित कोरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विन्धवासीनी हरिजनले गर्नु भएको थियो ।
















