यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

कपिलवस्तु । ‘प्रविधीको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित यशोधरा गाउँपालिकाको सिहोखोरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न गरिएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजनामा, यशोधरा गाउँपालिकाको समन्वय र केएनएचको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र कुर्सी दौड मुख्य आकर्षण बनेका थिए । ‘लैङ्गिक हिंसा अन्त्यका लागि मेरो भूमिका’ विषयक वक्तृत्व प्रतियोगितामा १० जना महिलाहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा खुस्बु बरई प्रथम, संगीता पासी द्वितीय, सीमा यादव तृतीय र जिरमती रैदास सन्त्वना स्थान हासिल गर्न सफल भएकी थिइन् ।
लैङ्गिक विभेदबारे सचेतना मूलक सन्देश सहित भएको कार्यक्रम भित्रै सम्पन्न कुर्सी दौड प्रतियोगितामा १५ जनाले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा बिन्द्रावती यादव प्रथम, संगीता पासी दोस्रो, अनिता रैदास तेस्रो र चन्द्रकला बनिया सन्त्वनास्थान हासिल गरेकी हुन् ।
केन्द्रकी कोषाध्यक्ष नीलम पासीले लिङ्गका आधारमा कसैलाई पनि कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने बताउँदै समान अधिकार र सम्मानको वातावरण निर्माण गर्न सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । सोही संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच परियोजनाकी परियोजना अधिकृत विन्दबसिनी हरिजनले अभियानको उद्देश्यबारे प्रकाश पार्दै महिलाको नेतृत्व क्षमता र आत्मविश्वास वृद्धि नै दीगो परिवर्तनको मूल आधार भएको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाट निरन्तर जागरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा यशोधरा गाँउपालिका वडा नं। ८ की सदस्य केवलपाती पासी फिरोजा खातुन, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गंगोत्री चौधरीको अध्यक्षता, अन्जना तेलीको सञ्चालनमा भएको कार्यक्रममा गुन्जेश्वरी त्रिपाठीको स्वागत मन्तव्यमा भएको हो ।

भिडियोमा पनि हेर्नुहोस

प्रतिक्रिया
संबन्धित समाचार