विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आशन्न महाधिवेशनमा सभापति पदका लागि आफूले दिन लागेको उम्मेदवारीबारे संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेका छन्।
उनले सचिवालयमार्फत् सोमबार आफूले मंसिर २४–२६ काठमाडौंमा हुन गइरहेको महाधिवेशनमा सभापतिमा उम्मेदवारीबारे संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेका हुन्। प्रतिवद्धता पत्रमा २३ बुँदाहरु उल्लेख गरिएको छ। सचिवालयले यसलाई उम्मेदवारी बारे संक्षिप्त घोषणा पत्रको मुल बुँदा भनेको छ।
संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको निधिले उल्लेख गरेका छन्।
जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको निधिले बताएका छन्।

यस्तो छ उपसभापति निधिको संक्षिप्त घोषणा पत्र
वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस सभापति पदमा मेरो उम्मेदवारी किन?
प्रतिक्रिया
















