काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमवार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।

यसअघि माघ २ गते अर्को सूचनाद्वारा राष्ट्रिय सभाको बैठकको मिति र समय तोकिने जानकारी संसद् सचिवालयले दिइएको थियो ।