थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै
कपिलवस्तु २२ माघ
बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले थारु कला संकृतिको जर्नेना गर्न सवा करोेड बढीको थारु संग्रहालय निर्माण थालिएको बताएका छन । पालिका भित्र बढी बसोबास रहेको आदिबासी जनजाति थारुको कला, संस्कृति, भेषभुसा लगायतको प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिका वडा नम्बर ४ बुढ्ढीमा संग्रहालयको निर्माण थालिएको उनले बताए ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ४ हमनुमाान चोकमा आयोजित थारु संस्कृति संरक्षण केन्द्रको प्रथम साधारण सभा र अधिबेशनमा सम्बोध गर्दै सो कुरा बताएका हुन । १ करोड ३२ लाख लागतमा चालु आर्थिक बर्ष भित्रै संग्राहलयको निमांण संपन्न हुने उनले बताए । संग्रहालय किनार मै थारु होमस्टे समेत संचालन गरिने उनले बताए । ‘ हामीले थारु कला सस्कृति देखाउने र जोगाउने काम कसरी गर्ने तर्फ अग्रसर भएका छौ ’ उनले भने ।
मेयर श्रेष्ठले थारु संस्कृतिलाई प्रोत्साहन गरी आयआर्जन सिप बिकास पहिचान र रोजगारी दिने अभियानमा आफुहरु लागेको बताए । अहिले थारुहरुले बनाएको कलात्मक ढकियाको माग अधिक भएकाले त्यसको समेत सिप बिकासमा नगरपालिका लागेको बताए । उनले थारु कै प्रबद्र्धनकालागि बरकलपुर र बकुलीपुरमा थारु कोषेली घर निर्माण गरिएको र त्यहा होम स्टे समेत संचालन गरिने बताए । उनले थारु कला संस्कृतिको विकासमा थारु समुदाय नै सचेत भई एक बद्ध हुनु पर्ने बताए ।
उनले संस्कृति रितीरिवाज, खानपान लगायत छुट्टै पहिचान बाकेको थारुहरुको संरक्षण र संबद्र्धनमा नगरपालिका पहिले देखि नै लागी परेको बताए । सो अवसरमा नगरपालिकाले दिएको ढाई लाख रकम बाट खरिद गरिएका थारु सामाग्रीहरु मेयर श्रेष्ठले केन्द्रका अध्यक्ष पवन कुमार चौधरीलाई हस्तान्तरण गरेका थिए ।
यस्तै केन्द्रले बिगत एक महिना देखि नगरपालिकामा रहेका थारुहरुको घर घरमा गई संकलन गरेको थारुहरुको परंपरागत सामाग्रीहरु समेत मेयर श्रेष्ठले चौधरीलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष चौधरीको अध्यक्षता र दिनेश थारुको संचालनमा भएको कार्यक्रममा थारु कल्याणकारी सभाका अध्यक्ष उमाशंकर चौधरी, कमला थारु, शिवानी थारु जहाहर थारु, बेद प्रकाश थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा झर्रा, लाठी मयुर नाच लगायतका नाचहरुको प्रर्दशन समेत गरिएको थियो ।





















