कपिलवस्तु २२ माघ
बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले थारु कला संकृतिको जर्नेना गर्न सवा करोेड बढीको थारु संग्रहालय निर्माण थालिएको बताएका छन । पालिका भित्र बढी बसोबास रहेको आदिबासी जनजाति थारुको कला, संस्कृति, भेषभुसा लगायतको प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिका वडा नम्बर ४ बुढ्ढीमा संग्रहालयको निर्माण थालिएको उनले बताए ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ४ हमनुमाान चोकमा आयोजित थारु संस्कृति संरक्षण केन्द्रको प्रथम साधारण सभा र अधिबेशनमा सम्बोध गर्दै सो कुरा बताएका हुन । १ करोड ३२ लाख लागतमा चालु आर्थिक बर्ष भित्रै संग्राहलयको निमांण संपन्न हुने उनले बताए । संग्रहालय किनार मै थारु होमस्टे समेत संचालन गरिने उनले बताए । ‘ हामीले थारु कला सस्कृति देखाउने र जोगाउने काम कसरी गर्ने तर्फ अग्रसर भएका छौ ’ उनले भने ।
मेयर श्रेष्ठले थारु संस्कृतिलाई प्रोत्साहन गरी आयआर्जन सिप बिकास पहिचान र रोजगारी दिने अभियानमा आफुहरु लागेको बताए । अहिले थारुहरुले बनाएको कलात्मक ढकियाको माग अधिक भएकाले त्यसको समेत सिप बिकासमा नगरपालिका लागेको बताए । उनले थारु कै प्रबद्र्धनकालागि बरकलपुर र बकुलीपुरमा थारु कोषेली घर निर्माण गरिएको र त्यहा होम स्टे समेत संचालन गरिने बताए । उनले थारु कला संस्कृतिको विकासमा थारु समुदाय नै सचेत भई एक बद्ध हुनु पर्ने बताए ।
उनले संस्कृति रितीरिवाज, खानपान लगायत छुट्टै पहिचान बाकेको थारुहरुको संरक्षण र संबद्र्धनमा नगरपालिका पहिले देखि नै लागी परेको बताए । सो अवसरमा नगरपालिकाले दिएको ढाई लाख रकम बाट खरिद गरिएका थारु सामाग्रीहरु मेयर श्रेष्ठले केन्द्रका अध्यक्ष पवन कुमार चौधरीलाई हस्तान्तरण गरेका थिए ।
यस्तै केन्द्रले बिगत एक महिना देखि नगरपालिकामा रहेका थारुहरुको घर घरमा गई संकलन गरेको थारुहरुको परंपरागत सामाग्रीहरु समेत मेयर श्रेष्ठले चौधरीलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष चौधरीको अध्यक्षता र दिनेश थारुको संचालनमा भएको कार्यक्रममा थारु कल्याणकारी सभाका अध्यक्ष उमाशंकर चौधरी, कमला थारु, शिवानी थारु जहाहर थारु, बेद प्रकाश थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा झर्रा, लाठी मयुर नाच लगायतका नाचहरुको प्रर्दशन समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया !