आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय बोलाएका छन्।
पीसीसी बैठकका लागि डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने भए पनि कार्कीले सातै प्रदेशका डीआईजीलाई समेत बोलाएका हुन्।प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।
डीआईजीहरूलाई समेत बोलाउनुको कारण भने खुल्न सकेको छैन। प्रहरी उच्च स्रोतका अनुसार केही डीआईजी काठमाडौं आइसकेका छन् भने केही आउने क्रममा छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













