कपिलवस्तु। सशस्त्र प्रहरी बल, नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट रु. ७ लाख ५ हजार ८८० मूल्यका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले लत्ताकपडा, मोटर पार्ट्स, रङ्गोली, किराना सामान र पटका बरामद गरेको हो ।

बरामद सामानमध्ये लत्ताकपडा, मोटर पार्ट्स, रङ्गोली र किराना सामान भन्सार कार्यालयमा बुझाइएको तथा पटका स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी र जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिनुभयो ।

उहाँले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएको बताउनुभयो ।