प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

तौलिहवा(कपिलबस्तु), मङ्सिर १७ गते । प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको सचेतनामुलक कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले १३ बिद्यालयलाई सचेतना सामाग्री समेत हस्तान्तरण गरिएको छ । “प्रबिधीको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं । लैगिंक हिंसा रहित प्रबिधी, सुरक्षा र न्यायको बिधी” भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको सचेनामुलक कार्यक्रममा सचेनतामुलक फ्लेकस प्रिन्ट बोर्ड र स्टिकर उपलब्ध गराइएको हो ।
प्रबिधीको दुरुपयोग लैगिंक तथा घरेलु हिंसा न्युनिकरणका लागी बिद्यालयका बालबालिका लक्षित सचेतनाका लागी कपिलवस्तु प्रहरीले कानुनी व्यवस्था सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम प्रहरी उपरिक्षक संतोष आचार्य, गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश प्रमुख सुशिला बेल्बासले बिद्यालयलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रम अघि जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाले गौढीचोक देखी आन्दोलनचोक सम्म प्लेकार्ड र ब्यानर सहितको र्याली गरेका थिए । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा नगरका १२ वटै वडा समेटने गरि १३ वटा सामुदायिक र सरकारी बिद्यालयलाई फ्लेक्स प्रिन्ट बोर्ड र सचेतनामुलक स्टिकरहरु हस्तान्तरण गरिएको प्रहरी उपरिक्षक आचार्यले बताउनुभयो ।
नगर प्रमुख पौडेलले प्रबिधीको प्रयोग गरि हुने लैगिंक हिंसा रोक्न बिद्यालयस्तर बाटै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले पालिका र सुरक्षा निकाय बिच सहकार्यमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । प्रबिधीको प्रयोग गरि परिमार्जित गरि लैगिंक हिंसा गर्ने प्रबृती बढेको प्रजिअ गौतमले बताउनुभयो । उहाँले अभिभावक, बिद्यार्थी र शिक्षकहरु सचेत हुन सकेमा मात्रै लैगिंक हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
पछिल्लो समय अनलाईन प्लेटफर्मको प्रयोग गरि चरित्र हत्या, ब्लेकमेल र यौन हिंसाका घटना घट्ने गरेको देखिएकाले बिद्यालयस्तरमै सचेतना प्रवाहमा सहयोग पुर्याई प्रबिधीको माध्यम बाट हुने लैगिंक हिंसा न्युनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्यले लैगिंक हिंसामा संलग्नहरुको तथ्याकं हेर्दा करिब ९२ प्रतिशत चिनजानका व्यक्तिनै भेटिएको तथ्याकं प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रहरीको तथ्याकंमा कुल हिंसाको २९ प्रतिशत लैगिंक हिंसा हुने गरेकोमा ८१ प्रतिशत घरेलु हिंसा रहेको तथ्याकं प्रस्तुत गरिएको थियो । त्यसै गरि सात प्रदेश मध्ये लुम्बिनी प्रदेश दोस्रो बढि लैगिंक हिंसा हुने प्रदेश रहेको जनाईएको थियो । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंह, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल र मानव अधिकारकर्मी रवि ठाकुरले हिंसा रोक्न सहकार्य र समन्वयमा जनचेतना प्रवाह गर्नु पर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार