कपिलबस्तु असोज १९
हिन्दु पराम्परा अनुसार बिजया दशमीका दिन कपिलबस्तुमा शस्त्रपुजा धुमधामका साथ मनाइएको छ । अश्विन मास शुक्ल पक्षको दशमी तिथिको बिजयादशमीका दिन शस्त्रपुजा गरिने गरिन्छ । आजको दिन देवी अपराजिताको पुजा गरेर सदरमुकाम तौलिहवाका सम्पूर्ण दुर्गा पुजा समितिका करिब ४ सय युवाहरु तौलेश्वरनाथ शिव मन्दिरमा शस्त्रपुजा गरी हातमा शस्त्र लिई २ सय बढी मोटर साइकलले नगर परिक्रमा समेत गरेका थिए ।
वर्षौ देखि चलिरहिआएको हिन्दु सनातन पराम्परा अनुसार शस्त्र पूजन, कोरोनाका कारण स्थगित गरिएपनि यस बर्ष देखि निरन्तरता दिने राष्टिय हिन्दु परिषद कपिलवस्तुका अध्यक्ष बिरेन्द्र चौधरीले बताउनु भयो । उहाँले हिन्दु धर्मकोे शास्त्र र शस्त्र दुवै लोप हुनाथालेपछि यसको जर्गेना गर्नुपर्नेमा जोडदिनुु भयो ।
तौलिहवाका सम्पूर्ण दुर्गा पुजा समितिले तौलेश्वरनाथ शिव मन्दिरमा शस्त्र संकलन गरी गंगाजल छर्केर कुमकुमको टीका लगाई फुल र शमीको पात चढाएर पुजा गरेका थिए । शस्त्र पुजामा शमी पातको ठुलो महत्व छ । हिन्दु पौराणिक अनुसार विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति पूजाको पर्व हो, शस्त्र पूजनको तिथि र हर्षोउल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व)े हो । दसैँ पर्वले दश प्रकारका पापहरू ( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ ।
शस्त्रपुजा तथा नगर परिक्रमामा कुनै किसिमको दंगा झडप नहोस् भने सुरक्षाकर्मीले बिशेष निगरानी समेत दिइरहेका थिए ।
तपाईको प्रतिक्रिया !