काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
उनी काठमाडौँबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !