नारायणी नदी किनारमा शव भेटियो
नवलपुर, साउन २३ गते । नारायणी नदी किनारमा शुक्रबार शव फेला परेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी रिसोर्ट अगाडि नदी किनारमा एक वृद्ध महिलाको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अन्दाजी ६०/६५ वर्षीया महिलाको शव घोप्टो अवस्थामा फेला परेको हो । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले घटनाको मुचुल्का तयार गरि शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा पठाएको जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













