कपिलवस्तु, ३१ गते । कृष्णजन्माष्ठमीको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाको बनगाई क्षेत्रमा ब्यवसायिक र सामाजिक काम गर्दै आएको क्रियटिभ मल्टी प्रपोज ग्रुपले तौलिहवा स्थित बालगुहका बेसाहरा बालकहरुलाई कपडा र फलफुल बितरण गरेको छ ।
ग्रुपमा आबद्ध १९ मध्ये १० जनाले सहभागी रहेको समुहले बालगृहमा रहेका ३० बेसाहरा बालकलाई हाफपाईन्ट र फलफुल बितरण गरेको हो ।
ग्रूपका अध्यक्ष रुक बहादृुर भुसालले सामाजिक उत्तरदायित्व अन्र्तगत आफुहरुले बालगृहका बेसाहरा बालकलाई कपडा उपलब्ध गराइएको बताए । उनले आफ्नो गु्रपको यो तेश्रो कार्यक्रम रहेको भन्दै आगामी दिनमा समेत यस्तो काम जारी रहने बताए ।
जन्म दिनमा मात्र बालगृहमा सरसामान दिने चलन रहेकोमा आफुहरुले अन्य समयमा समेत बालगृहमा केही सहयोग गर्नु पर्ने परिपाटी बनाउनु पर्ने बताए ।
सो अवसरमा बालगृहका ब्यवस्थापक राम प्रसाद अर्यालले बालगृहका सरकारको सहयोग नरहेको तर पालिकाहरुले र सहयोगी हातहरुले निरन्तर सहयोग जारी राखेको बताए । उनले बालगृहलाई प्रदेश मै नमुना बनाउने योजना रहेको बताए । उनले बालगृहलाई राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
ग्रुपका अध्यक्ष भुसालको अध्यक्षता नबिन भुसालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष खग प्रसाद चापागाई, ग्रुपका सदस्य दुर्गा केसी लगायतले बालगृहलाई नमुना बनाउने अभियानमा सबैको साथ र सहयोग दिनु पर्ने बताए ।