ललितपुर । गृह मन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरेको छ। बुधबार मन्त्रालयले गरेको निर्णयअनुसार कोइरालालाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको हो।

कोइराला लामो समयदेखि नख्खु कारागारमा कार्यरत थिए। सरुवासँगै अब उनले डोल्पामा प्रमुख प्रशासनिक जिम्मेवारी सम्हाल्ने भएका छन्।