कपिलबस्तु, भदौ ५ गते । कपिलबस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्लामा भदौ ८ गते सार्वजनिक विदा दिइउको छ । लुम्बिनी प्रदेश सरकाले बडका अत्तवारी पर्वको अवसरमा आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास रहेका जिल्लामा सार्वजनिक विदा दिइएको हो ।
थारु समुदायको बसोबास बढी रहेको कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्वका साथ मनाइने बडका अत्तवारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ ।
यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।