सुकाई कोहार
लुम्बिनी (रुपन्देही), भदौ ५ गते । क्रसफ्लो लुम्बिनी नेपालले शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित श्री गौतम बुद्ध आधारभूत विद्यालय, आरदौला (केवटालिया) का विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरेको छ ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको विद्यालय प्रमुख मनोजकुमार यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारको सहयोगले विद्यार्थीहरूमा पढाइप्रति उत्साह जागृत हुने मात्र होइन, उनीहरूको शैक्षिक यात्रामा पनि थप सहजता ल्याउनेछ । विद्यालयलाई सहयोग पु¥याउने क्रसफ्लो लुम्बिनी नेपालप्रति हामी आभारी छौं ।”
यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउन योगदान पु¥याउने विश्वास स्थानीय अभिभावकहरूले पनि व्यक्त गरेका थिए ।