कपिलवस्तु, भदौ ७ गते । जिल्लाको वाणगंगा–१, बैरिया स्थित केदारनाथ अटोमोबाइल्स प्रा.लि.ले आफ्ना ग्राहकका लागि विशेष बाइक एक्सचेञ्ज अफर ल्याएको छ । यही भदौ ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त अफर अन्तर्गत ग्राहकले जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज ब्राण्डको बाइक लिनसकेर घर फर्कन पाउनेछन् ।
अफर अवधिभित्र पुरानो बाइक एक्सचेञ्ज गर्दा ग्राहकले १० हजारसम्म अतिरिक्त मूल्यांकन, १० हजारसम्मका अतिरिक्त सामग्री तथा आकर्षक नगद छुट पाउने कम्पनीले जनाएको छ ।
केदारनाथ अटोमोबाइल्सका सञ्चालक विष्णु पाठकले भन्नुभयो “हामीले यस अफरमार्फत ग्राहकलाई पुरानो बाइक सजिलै बदल्न सक्ने सुविधा दिएका छौं । बजाज बाइकप्रतिको ग्राहकको विश्वासलाई थप मजबुत बनाउन र तिनीहरूलाई थप आकर्षक सुविधा उपलब्ध गराउन हाम्रो प्रयास हो ।”
कम्पनीका अनुसार अफर सीमित अवधिका लागि मात्र हुने भएकाले चाँडै लाभ लिन ग्राहकलाई आग्रह गरिएको छ ।