कपिलबस्तुमा बेवारिसे शव फेला
बेवारिसे आवस्थामा फेला परेको शव । तस्विरः सौजन्य ईप्रका कृष्णनगर
कपिलबस्तु, भदौ ९ गते । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित शाह कम्प्लेक्स देखि गुरुद्वारा सडकतर्फ जाने बाटोको दक्षिणतर्फको झाडीभित्र बेवारिसे अवस्थामा शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक ईश्वर लौडरीका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । फेला परेको बेवारिसे शव अन्दाजी ५५।६० वर्षिय पुरुष रहेको प्रहरी निरिक्षक लौडरीले बताउनुभयो । उक्त बेवारिसे शव अहिले पिपरा अस्पतालस्थित शवगृहमा राखिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























