सुकई कोहार
लुम्बिनी, भदौ ११ गते । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा कार्यरत नगर प्रहरी जवान सुहेल अहमद मुसलमानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक दिनको शोक विदा घोषणा गरिएको छ ।
नगरपालिकाले आज(बुधबार) सार्वजनिक सूचना जारी गर्दै मुसलमानको असामयिक निधनले सम्पूर्ण नगर परिवार शोकाकुल भएको जनाएको छ । नगरपालिकाले उनको आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
सूचना अनुसार भोलि विहिबार अर्थात १२ गते एक दिन नगरपालिका, नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरु शोक विदा दिइएको हो ।
कार्यवाहक नगर प्रमुख नईमुल हक मुसलमानद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना पनि गरिएको छ ।