कपिलवस्तु १८ गते । अल्लाहको अन्तिम दुत पैगम्बर हजरत मोहम्मदको पन्द्र सयौ जन्मोत्सवको अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित करबलामा बृक्षारोपण गरिएको छ ।
मुस्लिम युवा संघको आयोजनामा त्यहा आप र चिलीका बिरुवाहरु रोपिएका हुन । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख मसुदीप पौडेल, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्द जाहिद खा, मुस्लिम अगुवा खुर्सेद अहमद खाँ लगायतका युवाहरुको टोलीले करबलामा रहेको खाली जग्गामा ७२ वटा आप र लिचीको बिरुवा रोपेका थिए ।
सो अवसरमा प्रदेश सदस्य पाण्डेयले अल्लाहका अन्तिम दुत पैगम्बर मोहम्मदको जन्मोत्सवमा युवाहरुले बृक्षारोपणको पबित्र काम गरेकोमा खुशी ब्यक्त गरे । उनले युवाहरु यस्ता रचनात्मक काममा अघि बढनु पर्ने बताए ।
यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख पौडेलले पैगम्बर मोहम्मदको जन्मोत्सवमा युवाहरुले गरको काम सराहनीय रहेको बताए । उनले युवाहरु सामाजिक काममा निरन्तर लाग्नु पर्ने बताए ।