निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थपियो

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ ।

आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार