पशु शाखा प्रमुखविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु शाखा प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बिहीबार आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका, पशु शाखा प्रमुख रामचन्द्र भुषालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
भुषालसहित अन्य प्रतिवादीहरूले घुसररिसवत लिई/दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















