कपिलवस्तु, मंसिर २५ गते । पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले खेलकुदलाई देशको नाम र संबृद्धिसंग जोडनु पर्ने बताएका छन । उनले स्वास्थ्य र राष्ट्रका लागि खेलकुदको नारालाई परिमार्जित गरी राष्ट्रको संबद्धिका लागि खेलकुदलाई लिनु पर्ने बताएका छन ।
बुद्धभुमी नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शील्ड र मेयर कप प्रतियोगीताको पानसमा दीप प्रज्जलित गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले देशको नाम र संबृद्धि विकासको माध्यमबाट गर्दा अली ढिलो हुने भएकाले अब खेलकुदको माध्यमबाट राष्ट्रमा संबृद्धि ल्याउनु पर्ने बताए ।
खेलाडीहरुले खेलको माध्यमबाट राष्ट्रको नाम र संबृद्धि समेत ल्याउने हुनाले खेल र खेलाडीलाई तीन वटै तहका सरकारले प्राथमिकता दिनु पर्ने बताए । ‘ देश हरेक कुरामा पछि परेको छ, विकासको माध्यमबाट गर्दा अली ढिलो हुन्छ, खेलको माध्यमबा गर्दा देशको चिनारी अली छिटो हुन्छ ’ उनले भने ।
उनले खेल र खेलाडीको विकासका लागि खेलकुद क्षेत्रलाई ब्यवस्थित र खेल मैदानको समेत स्त्तोरन्ती गर्नु पर्ने बताए । खेलमा युवाहरुलाई सहभागी गराई कुलतमा फस्न समेत जोगाउनु पर्ने उनले बताए ।
सो अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरले बार्षिकरुपमा बजेट बिनियोजन गरी यो प्रतियोगीता गर्दै आएको बताए । उनले नगरले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै कभर्ड हल र खेलकुद मैदानको निर्माण तर्फ अग्रसर रहेको बताए ।
कार्यक्रममा पुर्व लुम्बिनी प्रदेश सदस्य माला गोतामे, कांग्रेस नगर अध्यक्ष माधव दमासे, एमाले नगर अध्यक्ष धु्रव न्यौपाने, समाजसेबी बिश्व न्यौपाने लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
राष्ट्रपपति रनिङ शील्डमा २० बिद्यालयका ६ सय बढी खेलाडी र मेयर कपमा १० वटै वडाका आधारभुत बिद्यालयका खेलाडी सहभागी रहेको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत बासुदेव भट्टराईले बताए ।
प्रतियोगीता मंसिर २५ देखि २९ गते सम्म चल्ने नगरपालिका शिक्षा शाखा, खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए ।