वडा नंं. ९ मा आचार्यको संयोजकत्वमा प्रचार समिती
कपिलवस्तु, ५ फागुन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नं. ९ मा प्रतिनिधीसभा निर्वाचनका लागी पशुपति आचार्यको संयोजकत्वमा १५ सदस्यिय वडास्तरीय प्रचार प्रसार समिती गठन गरिएको छ ।
वडा नम्बर ९ बुथ ईकाई समितीको आयोजनामा सम्पन्न बैठकले पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानलाई बहुमतले निर्वाचित गराउनका लागी वडास्तरीय प्रचार प्रसारका लागी आचार्यको संयोजकत्वमा प्रचार प्रसार समिती गठन गरिएको हो ।
समितीको सदस्यहरुमा मधुसुदन भट्टराई, गौरब गुरुङ्ग, आरिफ खाँ, जुना न्यौपाने, शान्ता बिक, धर्मराज पौडेल, खिमलाल भुसाल, खोजु थारु, बिशाल वाग्ले, गोबिन्द प्रसाद बरई, रामहित चौहान, प्रेम प्रसाद शर्मा र धर्मेन्द्र चौहान सदस्य रहेका छन ।
त्यसै गरि बैठकले जिल्ला कार्य समितीका सदस्य ललित गुरुङ्ग, वडा सभापति देवेन्द्र कुमार पोख्रेल, महासमिती सदस्य जमसेद खाँ, नगर सचिव नागेन्द्र यादव र वडा कार्य समितीका सदस्य यमलाल जैसीलाई सम्मिलित गरि सल्लाहकार समिती गठन गरेको छ ।































