बाँकेमा असोजमा १२७ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ। सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए।
उनका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका पुराना २० मुद्दाको सफल अनुसन्धान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा एकजना पक्राउ परेका छन्। बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फर्छ्याेटलाई पनि प्राथमिकता दिएको छ।
सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ। चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले बताए।
अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ। यस क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरूपणमा पनि प्रहरीले काम गरेको छ।
गत असोजमा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन्। तीमध्ये ९३ वटा फर्छ्याेट भएका छन् भने १३ फर्छ्याेट हुन बाँकी छन्।
गत असोजमा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एकजना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले बताए।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













