एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ
बाँके, कात्तिक ४ गते । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय सन्दीप चौधरी रहेका छन् । उनले सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा बुधबार विवादका क्रममा एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका चौधरीले पेस्तोल देखाएर धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













