भवानी भिक्षु युवा क्लबको सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
कपिलवस्तु । बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा भवानी भिक्षु युवा क्लब, कपिलवस्तुले शनिबार सांगीतिक साँझ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कपिलवस्तु नगरपालिका–स्थित भवानी भिक्षु चोकमा साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा राष्ट्रिय कलाकार बद्री पंगेनी, नृत्य कलाकार बबिता धिताल, कलाकार सन्दीपकुमार दुबे तथा बसन्त एन्ड क्रिउ म्युजिक ब्यान्डलगायतले प्रस्तुति दिएका थिए । कार्यक्रमबारे क्लबका अध्यक्ष हसिम मुसलमानले जानकारी दिनुभयो ।
स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै चाडपर्वका अवसरमा मनोरञ्जन प्रदान गर्ने, सामाजिक एकता बढाउने र आपसी सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
क्लबका कोषाध्यक्ष विप्लव घिमिरेका अनुसार क्लबमा आबद्ध युवाहरू सांस्कृतिक कार्यक्रमसँगै सामाजिक तथा सामुदायिक गतिविधिमा पनि सक्रिय छन् । गत वर्ष आयोजित कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिएको उहाँले बताउनुभयो । सोही रकमबाट भवानी भिक्षु चोक क्षेत्रमा डस्टबिन राख्नेलगायतका काम गरिएको उहाँको भनाइ छ ।
क्लबले आगामी दिनमा पनि सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सेवाका गतिविधिमा सक्रिय रहने जनाएको छ ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













