जनकपुरधाम : मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ ।
मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वाुनुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहनाका साथै प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
यसैबीच इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले आज रातिसम्म नै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।
केन्द्रका अनुसार रौतहट कर्मैया (पधेरादोभान) स्थित वाग्मती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेकाले आसपासका क्षेत्रका उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !