सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्र आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आज दिउँसो पल्टिएको हो।
इलाका प्रहरी कार्यालय बराहक्षेत्रका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा परेका एक जनाको प्रहरीले उद्धार गरी बराहक्षेत्र अस्पतालमा उपचारका लागि पठाएको छ।
मोटरबोटमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार मोटरबोटमा १४ जना यात्रु रहेको भनिए पनि त्यसको पुष्टि भइसकेको छैन।
दुर्घटनास्थल धनकुटा क्षेत्रमा पर्ने भए पनि उद्धारका लागि सुनसरीको बराहक्षेत्रबाट प्रहरी टोली खटिएको रञ्जितकारले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













