एजेन्सी : फिलिपिन्समा ८५ जना सवार एक विमान दुर्घटनाग्रस्त भएको छ ।
दक्षिणी फिलिपिन्समा उक्त सैन्य विमान दुर्घटना भएको हो ।
आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई जानकारी दिए।
जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ। जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ।
हाल उद्धार कार्य जारी छ। सेना प्रमुख सोबेजानाले भनेका छन्,‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन्।
धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’
फिलिपिन्सको दक्षिणी क्षेत्रमा कयौं चरमपन्थी गुटको अड्डा छ। सोही कारण त्यहाँ धेरै सेनाहरु तैनाथ गर्दै आइएको छ।
तपाईको प्रतिक्रिया !